जगदम्बा स्टिल प्रा.लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गत जीतपुर सिमरा उपमहानगरपालिका, वडा नं. २ मा चाडपर्वको अवसरमा चौवालिस थान सोलार स्ट्रीट लाइट जडान गरी समुदायलाई आवश्यक प्रकाश सुविधा उपलब्ध गराएको छ। दशैं, तिहार, र छठ पर्वका अवसरमा गरिएको यो सहयोगले सार्वजनिक स्थानमा सुरक्षा र पहुँच सुधार्न महत्वपूर्ण भूमिका खेलेको छ। वडा कार्यालयले यस सहयोगप्रति जगदम्बा स्टिलप्रति हार्दिक आभार व्यक्त गरेको छ।