1 year ago
छडले कुनैपनि निर्माणमा अस्थिपंचरको भूमिका खेलेको हुन्छ त्यसैले दिगो निमार्णका लागि बलियो र लचिलो छड को मात्र चयन गर्नुपर्छ । हामीले बजारमा गएर छड खरिद गर्दा त्यसमा ग्रेड उल्लेख गरिएको पाउन सक्छौं। यस ग्रेडको आधारमा नै हामीले कुन छड किन्ने निर्क्यौल गर्नुपर्छ किनभने ग्रेडको आधारमा नै स्टिलमा प्रयोग गरिएको रासायनिक संरचना तथा सामग्रीको योग्यता निर्माणमा रासायनिक संरचनाको प्रभाव बारे बुझ्न सक्छौं ।
Fe500D ग्रेडको छड नेपाली भूपरिवेष्टित अवस्था अनुसार भूकम्पको प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्ने सबैभन्दा उपयुक्त छड हो । यसका निम्न फाइदाहरु छन् ।
Fe500D अंकित छडमा उच्च शक्ति र तन्किने क्षमताको अद्भुत मिश्रण रहेको हुन्छ । भूकम्प जाँदा आउने अचानकको झट्कालाई यसको उच्च शक्ति र तन्किने क्षमताले सजिलै बहन गर्न सक्छ र हुन सक्ने सम्भावित दुर्घटनाबाट बचाउँछ।
यस्ता छडको आयू सयौं वर्ष भन्दा पनि अधिक हुन्छ । यसले लामो समय सम्म उत्तिकै मजबुती र लचकता प्रदान गर्न सक्छ ।
यस्ता छडहरु लाई बलियो बनाउन र बिग्रिन नदिन विशेष किसिमको कोटिङ्ग गरिएको हुन्छ । खिया लागेका छड समयसंगै कम्जोर हुँदै जाने भएकोले घर बनाउँदा खिया नलागेको छड लिने गर्नुपर्छ ।
Fe500D मा हुने समानान्तर, एकनासको रिबले कंक्रिटसँग बलियो बन्डिंग बनाउन सहयोग पुर्याउँछ ।
सामान्यतया घरहरुमा अग्निबाट अधिक नुक्सानी हुने गर्दछ । यस्ता स्टिलको प्रयोगबाट यी क्षति कम गर्न सकिन्छ।
उच्च भूकम्प प्रतिरोधात्मक क्षमता
Fe500D मा UTS/YS को अनुपात अधिक हुन्छ । यसका साथै यसको लच्किने क्षमता पनि अद्भुत हुन्छ जसले गर्दा यसले अधिक धक्का खेप्न सक्छ र अधिक सुरक्षा प्रदान गर्न सक्छ ।
Fe500D को रासायनिक बनोटले गर्दा वेल्डिंग गर्न सहज हुने गर्छ । प्रिहिट नगरी उत्कृष्ट वेल्डिंग गर्न सकिनेछ ।
RHINO 500D नेपालमै निर्मित Fe500D ग्रेडको उच्च स्तरको छड हो । यसको प्रयोगबाट तपाईंले आफ्नो सपनाको घर निर्माण गर्न सक्नुहुन्छ र वर्षौंसम्म ढुक्क भएर परिवारसँग खुशीले जीवनयापन गर्न सक्नुहुनेछ ।