1 year ago
अहिले बजारमा उपलब्ध विभिन्न ग्रेडका छडहरु मध्ये Fe500D ग्रेड को छड नेपाली भौगोलिक अवस्थाका अनुसार सबैभन्दा उपयुक्त मानिन्छ । यसमा उच्च शक्तिका साथै उच्च लचकता रहेको हुन्छ जसले गर्दा भूकम्प आएको बेला आउने आकस्मिक दबाबलाई यसले धेरै बेर सम्म थेग्न सक्छ । त्यसैले चाहे घर निर्माण होस् वा ठूला परियोजना, अत्याधिक सुरक्षाका दृष्टिले Fe500D को छनोट नै बुद्धिमानी हुनेछ ।
Fe500D को छनोट गर्दा कहाँ बाट ल्याउने, कसरी गुणस्तर परीक्षण गर्ने, भण्डारण गर्ने आदि कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ नत्र सोचे अनुसारको नतिजा प्राप्त हुँदैन।
छड खरिद गर्नु अघि त्यो कुन कम्पनीको हो, त्यस कम्पनीको इतिहास कस्तो छ, कस्तो निर्माण प्रक्रिया पालन गर्छ, गुणस्तर मापन गर्न र कायम राख्न के कस्तो व्यवस्था गरेको छ, बजारमा उक्त कम्पनीको उपलब्धता कस्तो छ, चाहिएको बेला उपलब्ध होला/नहोला आदि बारे बुझ्नु अत्याधिक जरुरी हुन्छ।
यस्ता कम्पनीको छड उपलब्ध हुने नजिकको डिलरबाट आफूलाई चाहिने परिमाणमा छड खरिद गर्नुहोस्।
उत्कृष्ट कम्पनीहरुले आफ्नो गुणस्तरलाई सधैं कायम राख्न समय समयमा गुणस्तर परिक्षणको प्रमाण सार्वजनिक गर्ने गर्छन् । कुन प्रकारको कच्चा पदार्थ प्रयोग गरिएको छ र त्यसको गुणस्तर कस्तो छ, त्यसबारे पनि खुलाएका हुन्छन् । यस्ता प्रमाणको आधारमा वा आवश्यक परेमा प्रमाणको माग गरेर आफूले प्रयोग गर्न लागेको छड बारे ढुक्क हुन सकिन्छ । यस्तै आवश्यक परेमा आफूले पनि विभिन्न ल्याबबाट जाँच गराउन सक्छौं ।
यस्ता जाँचहरुमा कार्बन, सल्फर, फस्फरस आदिको मात्रा मापदण्ड अनुरुपको छ कि छैन भनेर हेर्नुपर्ने हुन्छ।
छड निर्माणमा यी वस्तुको के भूमिका रहन्छ ? थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तर मापन विभागले समय-समयमा छडको परीक्षण गर्दा, मापदण्ड अनुरुप छडको गुणस्तर भएमा त्यसलाई गुणस्तर चिन्ह प्रदान गर्ने गर्छ । यो गुणस्तर चिन्ह छडमा हरेक निश्चित अन्तरालमा अंकित गरिएको हुन्छ। छड खरिद गर्दा यस्ता चिन्हलाई ध्यान दिनुहोस्।
छड निर्माण भएपछि पनि त्यसलाई कति समय सम्म, कसरी राखिएको छ जान्नु जरुरी हुन्छ। त्यसैले डिलर आफ्नो सेवा प्रति कति जागरुक छ थाहा पाउनु पर्ने हुन्छ। यसका साथै डिलरले गुणस्तरीय भएको निश्चित गर्छ गर्दैन जस्ता कुराको जानकारी पनि इन्जिनियर वा ठेकेदार मार्फत् बुझी आफू नजिकको सबैभन्दा विश्वासिलो डिलरबाट सामान लिँदा ठगिने डर कम हुन्छ।
RHINO 500D, २५ वर्षदेखि स्टिल उत्पादनमा सक्रिय जगदम्बा स्टील्स् को उत्कृष्ट उत्पादन हो । नेपाली निर्माणका लागि चाहिने उपयुक्त ग्रेड, लचकता र शक्ति यसमा भएको कारण देशको महत्वपूर्ण संरचनामा प्रयोग भइसकेको छ । NS र BIS (IS) गुणस्तर अनुरुपको यस छडले निरन्तर आफ्नो गुणस्तर र उच्च प्रदर्शनको प्रमाण दिँदै आएको छ । घर बनाउँदा राम्ररी बुझेर उत्कृष्ट छडको मात्र प्रयोग गर्नुहोस् ।