1 year ago
मानिसलाई आफ्नो जीवन निर्वाह गर्न चाहिने आधारभुत आवश्यकताहरु हुन्; गाँस, बास अनि कपास। यी तीन तत्व मध्येको बास, जसलाई हामी ‘घर’ भन्दछौँ, दीर्घकालिन हुन निकै आवश्यक हुन्छ। घर अधिकांश मानिसको एक पटकको लगानी भएको कारण मजबुत बनाउन अनिवार्य छ। मजबुत घर निर्माणमा पिलर सिस्टमको ठुलो महत्व हुन्छ। सुरक्षित पिलर सिस्टमले घरलाई मजबुत बनाउन निकै ठुलो भूमिका निर्वाह गरेको हुन्छ। यसलाई नजर अन्दाज गर्दा पिलर सिस्टम असुरक्षित हुन्छ जसले गर्दा घर जोखिमपूर्ण हुन जान्छ।
घरको डिजाइन मुख्य गरेर दुई किसिमको हुन्छ। ती हुन्; आर्किटेक्चरल र स्ट्रकचरल डिजाइन। आर्किटेक्चरल डिजाइन भन्नाले घरको बनोट, कोठा, भान्साकोठा, चर्पीको ढाँचा, झ्याल, ढोका कस्तो प्रकारका राख्ने र कहाँ राख्ने लगायतका कुरा पर्छन्। त्यस्तै जग कति फिटको हाल्ने, पिलर कत्ति मोटाइको हाल्ने, गारो कसरी लगाउने, रिङ कस्तो प्रयोग गर्ने, रडको मोटाइको प्रयोग गर्ने, बालुवा र सिमेन्ट कस्तो प्रयोग गर्नेलगायतका कुरालाई स्ट्रक्चरल डिजाइन भनिन्छ। आवासीय घरमा १२⁄१२ इन्चको पिलर राख्ने र जम्मा तीन तलासम्मको घर मात्रै बनाउने गर्नुपर्छ। तर १२⁄१२ को पिलर राख्ने अनि ५⁄६ तल्लासम्मको घर बनाउने गर्नाले घर जोखिममा पर्छ।
घर निर्माणकै क्रममा अर्को महत्त्वपूर्ण कुरा बिममा डण्डीको प्रयोग हो। डण्डीलाई पिलरको डण्डीभन्दा बाहिर पठाएर घर निर्माण गर्दा दिगो हुँदैन। पिलर सिस्टम र आधुनिक प्रकारका निर्माणसम्बन्धी जानकारी नभएका डकर्मीबाट घर निर्माण गराउँदा वा इन्जिनियर को प्रत्यक्ष निगरानी नगराउँदा यस्ता समस्या निम्तिन सक्छन्।
पिलरहरू बीचको दूरी १४ फिट ९ इन्च अर्थात ४.५ मिटरभन्दा कम तथा तीन तलाभन्दा कम उचाइका भवनमा पिलरको साइज कम्तीमा १२ बाई १२ इन्चको हुनुपर्छ। कम्तीमा १६ एमएमका ४ वटा र १२ एमएमको ४ वटा गरी जम्मा ८ वटा डन्डी हाल्नुपर्छ। पिलरका डन्डीलाई कम्तीमा ७ एमएमको रिङले ४.४ इन्चको दूरीमा बाँध्नुपर्छ। दूरीमा रिङले बाँधेको पिलर मोडिने रिङको टुप्पो डन्डीको साइज टाइ) को १० गुणा (३ इन्च) हुनुपर्छ र ४५ डिग्रीमा मोडेको हुनुपर्छ।
बिमको भन्दा पिलरको साइज ३ इन्च बढी हुनुपर्छ। डन्डी गाँस्ने भाग डन्डीको साइज (मोटाइ) को ६० गुणा हुनुपर्छ। साथै गाँस्ने ठाउँका रिङ पनि ४/४ इन्च को दूरीमा बाँध्नुपर्छ। बिमका सबै डन्डीहरू पिलरको डन्डीभित्रबाट जानुपर्छ। ल्याब (छत) मा मुख्य डन्डी र सहायक डन्डी राख्नुपर्छ। झ्यालढोका जस्ता खाली भाग कोठाको कुनाबाट कम्तीमा २ फिटको दूरीमा हुनुपर्छ।
सुरक्षित पिलर सिस्टमको लागि गुणस्तरीय छडको पनि निकै महत्वपूर्ण भूमिका हुन्छ। RHINO 500D, २५ वर्षदेखि स्टिल उत्पादनमा सक्रिय जगदम्बा स्टील्स् को उत्कृष्ट उत्पादनको रूपमा रहेको छ। नेपाली निर्माणका लागि चाहिने उपयुक्त ग्रेड, लचकता र शक्ति यसमा भएको कारण देशको महत्वपूर्ण संरचनामा प्रयोग भइसकेको छ। NS र BIS (IS) गुणस्तर अनुरुपको यस छडले निरन्तर आफ्नो गुणस्तर र उच्च प्रदर्शनको प्रमाण दिँदै आएको छ। घर बनाउँदा राम्ररी बुझेर उत्कृष्ट छडको मात्र प्रयोग गर्नुपर्छ।
घर निर्माण गर्दा यसरी पिलर सिस्टममा ध्यान पुर्याउँदा पिलर सिस्टम सुरक्षित हुन जान्छ र घर दिगो निर्माण हुन्छ। यसलाई नजर अन्दाज गर्न हुँदैन।